प्रदेश १ मा ६३९ जना कोरोना संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र तेह्रथुममा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस