सुजिता मृत्यु प्रकरणले तनाब बढेपछि पूर्वी चितवनमा कर्फ्यू

जनकपुरधाम । सुजिता भण्डारी मृत्यु प्रकरणलाई लिएर स्थानीयले सडकमा विरोध प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा कर्फ्यूको आदेश जारी गरेको छ । राप्ती नगरपालिका–३ कि भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू आदेश दिएको हो ।

भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुंगामुडा, सरकारी गाडी तोडफोड तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्ने, आगजनी तथा हुलदंगा गर्न सक्ने देखिएकाले कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार साँझ साढे ७ बजेदेखि बुधबार साँझ साढे ७ बजेसम्म कर्फ्यू आदेश जारी रहने प्रशासनले जनाएको छ । यो आदेश पूर्व-पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा जारी रहने छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780