सप्तरीमा ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

राजविराज, २२ असार । सप्तरीमा आज दिउँसो ट्रिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–११ डेङग्रीमा पूर्वतर्फ जाँदै गरेको स १ क २८० नम्बरको ट्रिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करले सोही ठाउँका नागेन्द्र चौधरीकी ४० वर्षीया पत्नी कौशल्या चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले बताए ।

ट्रिपर चालक सप्तरीकै रुपनी गाउँपालिका–५ का ४५ वर्षीय श्रवण यादवलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस