आजदेखि असार २५ सम्म बाढीको खतरा, यी नदीमा बढ्नेछ बहाव

जनकपुरधाम । । आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तर पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, सप्तकोसी र यसका सहायक नदीहरू सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण तमोरलगायतमा बहाव बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

तिनाउ, कन्काई, कमला, वाग्मती र यिनका सहायक नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780