माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै बादल समूह निर्वाचन आयोग जाँदै

जनकपुरधाम । माओवादीका पूर्व नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् ।

“माओवादी केन्द्र आफैंमा अवैधानिक छ । महाधिवेशसमेत भएको छैन । यस्तो पार्टीले हामीलाई कारबाही गर्न मिल्दैन,” माओवादीका एक पूर्व नेताले भने, “त्यसैले हामी आज निर्वाचन आयोग जाँदैछौं ।”

माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लायतलाई कारबाही गरेको थियो ।

कारबाहीमा परेका नेताहरु आज दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर पार्टीले आफूहरुलाई कारबाही गरेकोबारे ध्यानाकर्षण गराउँदै त्यसको वैधानिकताबारे प्रश्न उठाउन लागेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780