मोटरसाइकल दुर्घटनामा जनप्रतिनिधिको मृत्यु

इलाम, ३१ असार । इलामका एक जना जनप्रतिनिधिको गएराति मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि सडक खण्डमा मे ८ प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा माङसेबुङ–४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकबाट इलामतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । उनको उपचारका क्रममा झापाको बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस