सिरहामा निषेधाज्ञा खुकुलो, के गर्न पाइने/के गर्न नपाइने ?

लहान । कोभिड–१९ नियन्त्रण गर्न सिरहामा जारी रहेको निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीएमसी) ले १ साउनदेखि मसान्तसम्म लागू हुनेगरी निषेधाज्ञा खुकुलो बनाएको हो ।

निषेधाज्ञा खुकुलो भएसँगै जिल्लाभरी सार्वजनिक तथा निजी यातायात सञ्चालन गर्न पाइने भएको छ । कोभिड-१९ को प्रोटोकोल अनुसार सिट क्षमताभन्दा बढी यात्रु नबसाएर र अनिवार्य मास्क लगाएर सवारीसाधन सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

यसअघि सार्वजनिक सवारीसाधनले निषेधाज्ञाको बहानामा यात्रुसँग मनपरी भाडा असुली गर्दै आएका थिए । यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी व्यापार व्यवसाय पनि सञ्चालन गर्न पाइने भएको छ ।

तर, भौतिक उपस्थितिमा कक्षा र परीक्षा सञ्चालन, हाटबजार, मेला, उत्सव, सामूहिक भोज, र्‍यालीलगायतका गतिविधिमा भने रोक लगाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस