माधव नेपालनिकट युवाले बनाए ‘अखिल फोर्स’

जनकपुरधाम । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अखिल फोर्स गठन गरेको छ । गएको मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले युथ फोर्स पुनर्गठन गरेको थियो ।

नेपाल समूहले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीको संयोजक्तोमा अखिल फोर्स गठन गरेको जनाएको छ । अबको एक साताभित्र एक हजार एकजनाको फोर्स निर्माण हुने शाहीले मधेशलाईभलाई बताए ।

बिहीबार आरआर क्याम्पसमा नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को उपत्यकास्तरीय कार्यकर्ता भेलामार्फत शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिको अनेरास्ववियूकी महासचिव आरती लामाले जानकारी दिइन् । तमाम बेथितिका विरुद्ध फोर्सले काम गर्ने उनले बताइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस