कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने

काठमाडौं, ६ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गतेबाट सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस–१९ संक्रमणका कारण स्थगित परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।

मङ्गलबार बसेको बोर्डको बैठकले परीक्षाको कार्यतालिकालाई स्वीकृत गरेको छ । बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ ।

यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सित अनुमति मागेको थियो । बोर्डले जारी गरेको एक सूचनाअनुसार सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र पर्ने गरी विद्यार्थीले परीक्षा लिन पाउने व्यवस्था गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस