परिवर्तन र अधिकार प्राप्तिकालागि आन्दोलनको आवश्यकताः विद्रोही

सप्तरी । ‘राष्ट्रिय दलित मुक्ति जागरण अभियान’ सप्तरीको खडक नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । सभाअघि एघारौं वटै वडाबाट उपस्थित दलित समुदायले कल्याणपुर बजार परिक्रमा गरेका छन् भने सभाबाट सर्वसम्मतले नेतृत्व समेत चयन गरिएको छ ।

नगर अध्यक्षमा गंगा सदा, उपाध्यक्षमा राधा पासवान, विजली मण्डल, सचिवमा चन्द्रनारायण राम, सहसचिवमा हरेराम मण्डल, सदस्यहरुमा ११ वटा वाडाका वाडा अध्यक्ष र विभिन्न क्षेत्रका अनुभव प्राप्त दलित नेतृत्वहरु गरी ५१ सदस्यीय नगर कमिटी गठन भएको सप्तरी जिल्ला संयोजक प्रथमलाल रामले जानकारी दिए ।

कल्याणपुर बजारस्थित प्रावि प्रांगणमा आयोजना गरिएको सभाका प्रमुख अतिथि जागरण अभियानका पूर्वीसंयोजक राजेश विद्रोहीले दलितमाथिको विभेद प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पशुवत ढंगले हुँदै आएकोले परिवर्तन र अधिकार प्राप्तिकालागि आन्दोलनको आवश्यकता रहेको बताए ।

‘परिवर्तन र अधिकारकालागि दलित समुदायले आन्दोलन गर्नुपर्ने आवश्यकता छ’ उनले भने–‘त्यसको नेतृत्व पनि दलित समुदायकै हुने वातावरण बन्दै गएको छ ।’ उनले वर्षौदेखि विभेदमा पारिएका दलित समूदायहरुलाई एकजुट हुन आह्वान समेत गरे ।

सप्तरी जिल्लाका संयोजक प्रथमलाल रामको विशिष्ट अतिथ्यमा आयोजना गरिएको सभामा बद्री सदाको अध्यक्षतामा आयोजना गरिएको सभामा रामनाथ मण्डल, बिक्रम राम, शिक्षक चलितर मण्डल, जीवछ पासवान, राजकुमार सरदार, पत्रकार राजु विश्वकर्मा, सजनलाल सरदार, तेजीलाल विश्वकर्मा, शिक्षक नागेश्वर रिसाल, रामअवतार विश्वकर्मा, छेदी पासवान, श्रीलाल पासवान, कार्यपालिका सदस्यहरुमा जतरीदेवी सरदार, जलेश्वरीदेवी मण्डल, प्रमिलादेवी राम लगायतले बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780