२४ घण्टामा थप २ हजार ९७७ संक्रमित, १८ जनाको मृत्यु

जनकपुरधाम, ८ साउन । नेपाल पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जनामा र ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस