सप्तरीमा साढे चार सय व्यक्तिले लिए वैवाहिक अंगीकृत नागरिकता

राजविराज, ८ साउन । सप्तरीमा पछिल्लो तीन महिनामा दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय (जिप्रका) सप्तरीको तथ्यांकअनुसार गत वैशाख, जेष्ठ र असार मसान्तमा गरी दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन् । सोही आर्थिक वर्ष (२०७७/०७८) मा भने ४५३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिप्रकाको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, सोही आर्थिक वर्षमा १० हजार १७६ जनाले वंशज र ५ हजार ९३८ जनाले प्रतिलिपी नागरिकता लिएका छन् भने १४९ जनाले नाबालक परिचय पत्र लिएका छन् ।

यसैगरी, पछिल्लो तीन महिनामा ४४५ गरी सो आर्थिक वर्षमा २ हजार ६ सय जनाले राहदानी बनाएका छन् । ३ हजार ३९१ जनाले राहदानी साधारण सिफारिस र १ हजार ६२९ जनाले द्रुत सिफारिस लिएको जिप्रकाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस