विकास र समृद्धिको महत्वपूर्ण आधार नै कृषिः मन्त्री साह

राजविराज, ८ साउन । प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विकास र समृद्धिको महत्वपूर्ण आधार नै रहेको बताएका छन् । सप्तरीको राजविराजमा आज किसानहरुलाई ‘पशुपन्छी तथा मत्स्य मेसनरी औजार तथा उपकरण वितरण’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘विकास र समृद्धिको एउटा महत्वपूर्ण आधार नै कृषि हो, जसकालागि कृषि क्षेत्रलाई आधुनिकरण गरी अघि बढ्नु आवश्यक छ’ उनले भने–‘कृषिमा व्यवसायीकरण गरी उत्पादन बढाउने सरकारको लक्ष्य छ र हामी सोही अनुसार अघि बढेका छौं पनि ।’

उनले त्यसका लागि यान्त्रिकिकरण हुनु जरुरी रहेको बताए । ‘आधुनिक यन्त्रको प्रयोगले कृषि उत्पादन वृद्धि हुन्छ र समयको पनि बचत हुन जान्छ’ उनले भने–‘जसमा कृषकले पनि ध्यान पुर्याएर कृषि उपकरणको सदुपयोग गरी अघि बढ्ने हाम्रो विश्वास छ ।’

मन्त्री साहले कृषकहरुकालागि मलखाद्यको समस्या नआउन दिनकालागि योजना अघि सारेको बताए । ‘प्रदेश सरकारले कृषकहरुकालागि नयाँ प्रबिधि भित्रियाउनुका साथै मलखाद्यको समस्या न्यूनिकरण गर्न अघि बढेको छ’ उनले भने–‘जसअनुसार यस बर्ष केही समस्य आएपनि आगामी बर्षदेखि मलखाद्यको अभाव हुँदैन ।’

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश २ का मुख्य सचिव शम्भु झा, प्रदेश सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज सत्य नारायण यदव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देव लगायतले मनतव्य व्यक्त गरे ।

भेटनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख ईन्द्रदेव साहले संचालन गरेको कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशानालय प्रदेश २ का पशु चिकित्सक डा. रंजित कुमार अधिकारीले स्वागत गरेका थिए ।

सो कार्यक्रममा १०७ जना कृषकलाई मन्त्री साहले पानी तान्ने पम्प, पानीतान्ने मोटर, ईलेकिट्र्क च्यापटर, एरिएटर, डिफृज, मिनिलिटर, सवर्मासिवल पम्प, अटोमेटिक फिडिङ्ग मेसिन, चिलिङ्ग भ्याट लगायतका आधुनिक कृषि उपकरणहरु हस्तान्तरण गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस