जसपा अध्यक्ष यादव र विप्लवबीच भेटघाट

काठमाडौं, १० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटघाट भएको छ । चन्द र पार्टीका नेता खड्गबहादुर विश्वकर्मा आइतबार यादव निवासमा पुगेर भेटघाट गरेका हुन् ।

चन्दले केही दिन लगातार राजनीतिक भेटघाटमा व्यस्त छन् । सोही क्रममा उनले यादवसँग भेट गरेका हुन् ।

चन्दयसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, डा. बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा, जनता समाजवादी पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेट गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस