आईपीएलका बाँकी खेल १९ सेप्टेम्बरबाट

जनकपुरधाम । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु सेप्टेम्बर १९ बाट सुरु हुने भएको छ । यूएईमा आयोजना हुने प्रतियोगिताका बाँकी खेलहरु सेटेम्बरको तेस्रो साताबाट हुन लागेको हो ।

बीसीसीआईले आइतबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु १९ सेप्टेम्बर हुने जनाएको छ । कोरोना महामारीका कारण बीचमा नै रोकिएको प्रतियोगिताका बाँकी खेलहरु यूएईमा हुन लागेका हुन् ।

प्रतियोगिताको फाइनल खेल १५ मा हुने बीसीसीआईले जनाएको छ । बीसीसीआईले २७ दिनमा बाँकी ३१ खेलहरु सकिने जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ ।

प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस