आजदेखि मनसुन सक्रिय : बुधबारसम्म यी प्रदेशमा हुन सक्छ भीषण वर्षा

जनकपुरधाम । आजदेखि मनसुन सक्रिय भएकाे छ । अब देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने माैसमविद्हरूले बताएका छन् ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक आउने क्रम सुरु भएकाले आजदेखि मनसुन सक्रिय हुने र देशका अधिकांश स्थानमा वर्षा हुनसक्ने वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

आइतबार रातिसम्म उक्त रेखा नेपालको तराई भू-भागसम्म आइपुगेकाले मनसुन सक्रिय भई पर्सि बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको माैसमविदहरू बताउँछन् । जल तथा मौसम विज्ञान विभागले देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस