हामीले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले विभाजन गरायोः महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षका नेता एवं कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।

निर्वाचन आयोगले सोमबार ‘हेड काउन्ट’का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो । जसमध्ये जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्त ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य देखिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको छ’ उनले भने–‘दल कतै गएको होइन, जनताबाट निर्वाचित हुने कुरा हो, ५१ जनाको मात्रै पार्टी होइन ।’

उनले अब हामी जनतामै जाने बताए । ‘एक सालमै यो अवस्था आउला भनेर कल्पना गरेकै थिएन । अब हामी जनतामै जाने हो’ उनले भने–‘जनतालाई न्याय दिन हामीले एकता गरेका थियौँ । तर प्राविधिक विभाजन दुर्भाग्य पूर्ण हो ।’

Author:



क्याटोगरी छान्‍नुहोस