उदयपुरमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु, खैजनपुर टोल सिल

उदयपुर । कोरोना भाइरसको संक्रमण बढेसँगै उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुर टोल सिल गरिएको छ । पछिल्लो तीन सातायता सो टोलका एकै परिवारको तीन जनाको मृत्यु भएको वडा अध्यक्ष घमानसिंह खत्रीले बताए ।

उनका अनुसार संक्रमणबाट दुई साताअघि ४३ वर्षीय र साताअघि ३८ वर्षीय पुरुष तथा गत शुक्रवार राति ३६ वर्षीया महिलाको मृत्यु भएको हो । टोलमा रुघाखोकी र ज्वरोका विरामी पनि अत्यधिक देखिएकाले साउन २४ गतेसम्मका लागि पुरै टोल सिल गरिएको उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले संक्रमण नियन्त्रण गर्न परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताए । ‘संक्रमण बढेको पाइएपछि पिसिआर र एन्टिजेन परीक्षणको दायरा बढाएर परीक्षण कार्यलाई तीव्रता दिन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छौं’ उनले भने–‘सोहीअनुसार नै अहिले परीक्षण कार्या थालिएको छ ।’

उता, स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले सो टोलमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी परीक्षण कार्य थालिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस