‘प्रदेश २ को विकासका लागि कनेक्टिभिटी’

वीरगञ्ज, १७ साउन । प्रदेश २ को आर्थिक सम्भाव्यता दोहनका लागि सीमावर्ती भारतीय राज्यहरूसितको कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । प्रदेश २ का ८ ओटै जिल्लाको सिमाना भारतसित जोडिएकाले सीमावर्ती सम्भाव्यता उपयोगका लागि आवागमन र पारहवन सहज हुनुपर्ने सरोकारका पक्षले बताएका छन् ।

वीरगञ्ज मुलुककै मुख्य व्यापारिक नाकाबाट मात्र नभएर उत्पादन र आपूर्तिको मुहान पनि भएकाले यो क्षेत्रको कनेक्टिभिटी बलियो हुनुपर्ने प्रदेश २ का सिँचाइ तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा बताउँछन् । ‘वीरगञ्ज क्षेत्रबाट आवागमन जति सरल हुन सक्यो, सम्भाव्यता दोहन गर्न पनि त्यति नै सहज हुन्छ ।

सीमावर्ती क्षेत्रमा रहेकाले नेपालका मुख्य शहरीक्षेत्रसँगै भारततर्फको कनेक्टिभिटीले पनि महत्त्व राख्दछ,’ शनिवार वीरगञ्जमा आयोजित कार्यक्रममा मन्त्री शर्माले भने । बारा–पर्सा क्षेत्र मुख्य औद्योगिक केन्द्र भएकाले यहाँसम्म कच्चा पदार्थको आपूर्ति र उत्पादनको ढुवानीलाई सहज बनाउनुपर्ने निजीक्षेत्रको भनाइ छ ।

प्रदेश २ सरकारले सडक र हवाई यातायातलाई प्राथमिकतामा राखेको पनि शर्माले उल्लेख गरे । संघ सरकारले २ नम्बर प्रदेशको आर्थिक सम्भावना र महत्त्वलाई बुझेर अन्तरप्रदेश सम्पर्कका माध्यमलाई जतिसक्दो सहज बनाउनुपर्ने तर्क शर्माको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको पूर्वअध्यक्षसमेत रहेका शर्माले विगतदेखि नै यातायातमा जोड दिँदै आएका थिए ।

‘यातायात नै विकासको आधार भएकाले सडक तथा हवाई सेवालाई प्रभावकारी बनाउनुको विकल्प छैन । प्रदेश २ भारतको विहार राज्यसित जोडिएकाले कम्तीमा बाराको सिमराबाट विहारको पटनासम्मको उडान खोल्नुपर्ने र त्यसका लागि संघ सरकारले तत्काल पहल थाल्नुपर्ने धारणा शर्माको छ । आर्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस