जनकपुरको विकासमा चरम लापरबाही !

हिन्दु धर्मको अति महत्वपूर्ण स्थल मध्येको एक जनकपुर स्थल पनि हो । पौराणिक मान्यता अनुसार जीवनमा जनकपुरधामको दर्शन गरिएन भने हिन्दु जीवन अधुरो नै हुन्छन भन्ने भनाई छ । अर्थात जनकपुरको माटो अति पबित्र छ कि यो भुमिमा कुकर्म गरेकोले पाईला टेक्नेसम्म सक्दैन । यहाँका प्रत्येक चोक–चोकमा राम सिताको नामको भक्ति भजन सधै हुन्छ । जनकपुर धार्मिक तथा सांस्कृतिरुपले बिश्व कै पवित्र स्थल हो ।

यहाँको माटो अति सुन्दर छ कि यो माटोबाट बोटबिरुवा जस्तै सती नारी सिता उम्रेको छ । जब कुनै ठाँउको माटोमा बनस्पति जसरी मान्छे उम्रीन छ भने त्यो माटो कति कोमल र पबित्र होला भन्ने कल्पना जोसुकैले पनि गर्न सक्छ । भनेपछि जनकपुर प्रवेश गर्दा स्वर्गको अनुभुती हुनु पर्ने हो तर वास्तविकतामा यो लागू हुँदैन ।

हुन त पौराणिक कालमा प्राकृतिक सुन्दरताले भरिभराउ भएर होला, प्राकृतिक सुगन्धले नै जनकपुरको सिमा भित्र प्रवेश गरेको थाहा पाइन्थ्यो । अति राम्रो विकसित वातावरण जहाँको माटोबाट विश्वलाई ज्ञान दिनसक्ने मान्छे उत्पादन हुन्थ्यो त्यो पवित्र भुमिको अहिलेको अवस्था हेर्दा पहिला–पहिला भनिएका सबै वाक्यहरु बनावटी लाग्छ । भनेपछि अहिलेको जनकपुरमा पौराणिक बिकासको कुनै पनि सभ्यता अनुसरण गरेको देखिदैन । जुन जनकपुरवाट मानव सभ्यताको बिकासको शुरूवात भएको हो, त्यो जनकपुरको हालको अवस्था हेर्दा यहाँ मानव सभ्यता होइन जंगली सभ्यताको अभ्यास भएको पाईन्छ ।

म भर्खरै २ हप्ता अगाडि जनकपुरको भ्रमणमा गएको थिए । जनकपुरको बिकासलाई हेर्दा मैले जनकपुरको बिकास सुगुरको खोर जसरी अगाडि बढेको पाए । भन्दाखेरी तपाईले ममाथि आक्रोश पोख्नसक्ने अवस्थामा आउनसक्नु हुन्छ तर वास्तविकता यहि नै हो । जनकपुरमा जुन किसिमको बिकासको गति छ त्यो किसिमको बिकासको गति सुगुरको खोरको बिकास पनि हुन्न । सुगुरको खोर भनेपछि कतिपय आवेगमा आउन सक्छ तर मैले तुलना गर्दा बिकासको किसिम र बिकासको चरण खोर जस्तो देखेको पाए ।

जनकपुरमा पुग्दा गाडीको सहचालकले जनकपुरको प्रसिद्ध पिराडी चोकमा झर्न भन्नुभो र म त्यहि झरे । झर्ने वितिकै एक्कासी ठुलो दुर्गन्धित गन्ध आयो मैले हतारमा रुमालले नाक छोपेर सोचे सहरमा विभिन्न किसिमको कार्य हुन्छ ती मध्येको कुनै फोहोर बोक्ने गाडी होला । तर यताउता हेर्दा कतै पनि नगरपालिकाको फोहर बोक्ने गाडी देखिन्न, फेरि सोचे कुनै घरको ढल फुटेको आएको होला तर त्यसको सम्भावना पनि देखिएन अनि मेरो मन यस्तो पबित्र राजा दशरथले हलो समातेको ल्याण्डमार्क नीर यस्तो गन्ध कहाँबाट आएको होला भन्ने खोज गर्न मन लाग्यो ।

त्यसपछि पिराडी चोकको गोलो पार्कको पारी तिर जाँदा पुर्वतिर त्यहाँको प्रसिद्ध पाप मोचन सागरको भिरमा थुप्रै फोहोर राखेको देखे अनि त्यो फोहरमा सुगुरहरु खेल्दै गरेको दृश्य देखे । तालको नाम पाप मोचन भएर हो कि त्यो क्षेत्रको सबै फोहोर त्यहाँको किनारमा राखेर सुगुरले फोहोर मोच्दै गरेको देखियो ।

त्यसपछि म सिधा पुरानो ज.चु.का.लि. (जनकपुर चुरोट कारखाना) तिर लागे, कारखाना चलेको बेलामा मेरो मामा त्यहाँको कर्मचारी भएकोले कर्मचारीको आवास र कारखाना जाने बाटो र भित्रीको वातावरणको मलाई सबै राम्रोसँग सम्झ्ना छ । त्यही भएर त्यताकै बाटो मैले हिडे । पिराडी चोकदेखि चुरोट कारखाना (अर्थात मुख्यमन्त्रीको कार्यालय) सम्मको बाटो भर्खरै नयाँ बनेको छ ।

बाटोमा जाँदै गर्दा थापा चोकभन्दा अलि पर पुग्दा भाजुरत्न नीर अटो झण्डै पल्टेको जस्तो भयो । नयाँ बनेको सडकमा पनि यस्तो हुन्छ भन्दा अटो चालक भन्छ बाटो बनेपछी ट्रक चल्दा यहाँको सडक तल दबियो तर अहिलेसम्म मर्मत गरेको छैन, यहाँ नीर अहिलेसम्म १० भन्दा बढी सवारी दुर्घटना भईसक्यो । कतिको हातखुट्टा भाँचियो तर (Liability Period)  पनि नसकेको सडकमा देखिएको यस्तो (Patch Hola) लाई सम्बन्धित समुदाय, सरोकारवाला र निर्माण व्यवसायीको लापरबाहीले सर्वसाधारणको हातखुट्टा भाँचिदा पनि कसैले बिरोध नगरेको देख्दा मलाई अचम्म लाग्यो ।

त्यसै गरि अगाडि जाँदैगर्दा भर्खरै निर्माण सप्पन्न भएको सडकको फुटपाथमा लगाइएको ईन्टरलक ब्लक कुनै ठाँउमा भाँसिएका त कुनै ठाउँमा ब्लकको ग्यापमा घास उम्रेको देख्दा निकै अचम्म लाग्यो । यसरी (VIP) हिड्ने बाटो समेतको व्यवस्थापन गर्न नसकेको सम्बन्धित सरोकारवालाले के हेरेर बसेको होला । त्यति मात्र कहाँ हो र?, फुटपाथको (Kerb) नीर लाखौंको लगानी गरी संचालन गरिएको पसलहरुले फोहोर त्यतिकै फालेको देखियो ।

यत्रो लगानी लगाउनेले एउटा (Medium Size Dustbin) किनेर राख्दा नि (VIP) को बाटो फोहोर हुँदैनथ्यो होला । त्यस्तै सहरलाई सफा राख्नको लागी ठाउँमा (Dustpin) पनि नगरपालिकाले राख्न नसकेको देखियो । त्यस्तै भर्खरै भनेको बाटोमा पनि बाटो दुबै छेउमा माटो र बालुवा रहेको देख्दा नगरपालिकामा ‘ब्रुमर’ किन राखेको होला भन्ने प्रश्न मनमा आउन थाल्यो ।

त्यति मै मुख्यमन्त्रीको कार्यालय पुगे । एक छिन बाहिरबाट भ्याएसम्म चुरोटकारखाना हेरे, चुरोट कारखाना कुनै पनि दृष्टिले मुख्यमन्त्रीको कार्यालय लाग्दैन थियो । भित्र जाँदा बाटो ग्राभेल कस्तो छ, विद्युतको पोलमा ‘स्ट्रीट ल्याम्प’ छैन , ‘प्ले–ग्राउण्ड’मा दुवो घाँस छैन, मन्त्रीका आवासहरु पेन्टिङ गरिएको छैन, घर अगाडिको ‘गार्डन’ व्यवस्थित छैन् । आजभन्दा २० बर्ष पहिला आजभन्दा २० गुणा नै राम्रो थियो ।

त्यसपछि म फेरि जनकपुरको प्रमुख प्रवेश द्वारबाट प्रवेश नगरी कसरी जनकपुर भ्रमण हुन्छ त भनि रामानन्द चोकतिर हिडे । पिराडी चोकबाट रामानन्द चोक जाँदा मैले दुवैतिर फोहोरको ठुलो पर्खालबाट आफू जाँदै गरेको लाग्यो । निर्माणाधिन अवस्थामा बाटो खराव हुनु कुनै ठूलो समस्या होइन तर सडकको पेटीमा फोहोर थुपारेर राख्नु कतिसम्मको जायज लाग्छ त । अनि यसलाई सुगुरको खोर नभनी के भन्ने त! त्यति मात्र कहाँ हो र?, रामानन्द चोक नीर बनाइएको नाला हेर्दा बाटोको दुबैतिर फोहोरको ‘कन्टेनर’ नै देखिन्छ । त्यो नालीमा पानी १० प्रतिशत र फोहोर ९० प्रतिशत छ ।

कुनै बेला त त्यो नालामा नगरपालिकाले कम्पोस्ट मल बनाउन लागेको हो कि जस्तो नि लाग्थ्यो । यसरी सहरको प्रमुख चोक जहाँ एक दिनमा १० हजारभन्दा बढी मान्छे ओहोरदोहोर गर्छन् त्यहाँ यसरी फोहोरको कन्टेनरमा कम्पोस्ट मल बनाउन लाग्ने जस्तो सडकको नालाको अवस्था हेर्दा जनकपुरको बिकास खोर जस्तै अगाडि बढेको देखिन्छ ।

त्यसै गरी रामानन्द चोकदेखि जानकी मन्दिरतिर जाँदा पनि फुटपाथको (Kerb) को छेउमा पसलेहरु फोहोर थुपारेको देख्दा जनचेतनाको अभाव र संकोचित सोच प्रष्ट देखिन्छ । त्यस्तै अगाडि जाँदैगर्दा ग्रीन सहरको अवधारणा अनुसार सडकको पेटिमा रुख रोपेको देखे । यसरी सडकको पेटिमा रुख रोप्दा त्यसलाई सुरक्षित राख्नको लागि कम्तीमा २ बर्षमा टिक्न सक्ने बाहिर घेरा लगाउनु पर्छ । तर त्यहाँ रुखलाई सुरक्षित राख्नको निम्ति बासको घेरा लगाएको देख्दा ठाउँ ठाउँमा सुगुरको खोर जस्तो लाग्थ्यो ।

सहरलाई सौन्दर्यकरण गर्दा हरियो पेन्टिङ भएको तारजालीको घेरा लगाउदा कति राम्रो र टिकाउ हुन्थ्यो होला । त्यहाँ गाईवस्तुहरु त्यत्तिकै हिड्ने भएकोले रुखलाई गाईबस्तुबाट बचाउनको लागि तारजालीकै घेरा राम्रो हुन्छ । त्यस्तै रंगभुमि अर्थात बाह्रबिघामा जाँदा पनि त्यस्तै देखे । बाह्रबिघाको चारै कुनामा फोहोरको ‘स्टोर’ साईट छ । बिश्वको कुनै सहरको बिचमा रहेको मैदानमा यसरी फोहर थुपारेको देख्न मिल्दैन तर जनकपुरमा हेर्न पाईयो । यसरी बाह्रविघालाई पनि सुगुरको खोर जसरी चारै कुनामा फोहोरको थुप्रोले सजाईएको छ । त्यसतै जनकपुरस्थित तलाउ, पोखरीहरुको पनि यस्तै हाल छ । यी सबै हेर्दा जनकपुर उपमहानगरपालिकाको काम के हो भन्ने कुरा मैले बुझ्न सकिन्न ।

उपमहानगरपालिकाले यसरी आफ्नो मुल सिद्धान्तको कार्य नगरी के काम गर्दै छ त ? नगरपालिकाको प्रमुख काम भनेको नगरलाई सफा, स्वच्छ राख्नु नै हो । यी काममा नगरपालिकाको सम्पुर्ण शक्ति लगाउनु पर्छ । नगरलाई सफा र व्यवस्थित नगरी नगरपालिका कहाँ व्यस्त छन् भन्ने बुझ्न मन लगेको छ ।

छिमेकी देश भारतमा राम मन्दिरको लागि मस्जिद भत्काएर राम मन्दिरको निर्माण गरिँदैछ तर जानकपुरमा मिठाई पसल बचाउनको लागि जानकी मन्दिरको पर्खाल भत्काएर बाटो बिस्तार गरेको देख्न पाइयो । बिश्वको सबै ठाउँमा सांस्कृतिक सम्पतिलाई संरक्षणमा थुप्रै शक्ति खर्च गरेको देखिन्छ भने जनकपुरमा सबै ठाउँमा फोहोर थुपारेर खोर जस्तो बिकास गर्दैछ । जनकपुरको कुनै बिशेष ठाउँ मात्र नभई सम्पुर्ण जनकपुर क्षेत्र नै सांस्कृतिक सम्पति हो । कुनै पनि बहानामा सांस्कृतिक सम्पतिलाई फोहर गर्न पाइदैन ।

Author:



क्याटोगरी छान्‍नुहोस