प्रदेश–१ मा थप ८०४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश नम्बर–१ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार २६ स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा २९९ र एक हजार ४४५ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ५०५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, तेह्रथुम र संखुवासभामा १/१ र प्रदेश–१ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ८३, इटहरीमा १३, बराहक्षेत्रमा २, रामधुनी र इनरुवामा १/१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, करोबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका १/१, झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, बिर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २/२, बाह्रदशी, शिवसताक्षी र स्थानीय तह नखुलेका १/१, धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १/१, इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, तेह्रथुमको मेन्छेयायम र संखुवासभाको खाँदबारीमा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश–१ मा आज ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१५ महिला र २१६ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण यहाँ ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस