सप्तरीमा कति छन् कोरोनाका सक्रिय संक्रमित ?

राजविराज, १९ साउन । सप्तरीमा आज थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार एक महिला र छ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै सप्तरीमा दोस्रो लहरमा मात्रै एन्टिजेन परीक्षणबाट ४१७ जना र पिसिआर परीक्षणबाट १ हजार ९८६ जनामा संक्रमित भएका छन् ।

पहिलो लहरमा सप्तरीका १ हजार ८३३ जना संक्रमित भएका थिए । हाल सपतरीमा ७४ जना सक्रिय संक्रमित रहेको ७४ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

कोरोना संक्रमणबाट हालसम्म सप्तरीमा १५६ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस