दुई हजार ७५ संक्रमित थपिए, थप ३० जनाको मृत्यु

जनकपुरधाम । नेपालमा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ७५ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार ७०३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ४२४ र पाँच हजार ४७२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस