प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य नयाँ मुख्यमन्त्री बन्ने सम्भावना

जनकपुरधाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिने सम्भावना बढेको एकजना प्रदेशसभा सदस्यले जनाएका छन्।

बिहीबार (आज) बस्ने संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिने सम्भावना रहेको ती सदस्यले देशसञ्चारलाई बताए।

आज दिउँसो ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ। केही दिनेदेखि काठमाडौँमा रहेका प्रदेशसभा सदस्य भीम आचार्यलगायत नेताहरू अहिले बिहान बिराटनगर आउने बताइएको छ।

मुख्यमन्त्री राईले राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेता चुन्ने निश्चितप्रायः बनेको ती प्रदेशसभा सदस्यले जानकारी दिए।

आचार्यले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी भएको बताइएको छ। ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग मात्रै ५१ सांसद छन्।

नवगठित एकीकृत समाजवादीले आफ्नो पक्षमा १२ जना रहेको दाबी गरिरहेको छ। त्यसैगरि, कांग्रेसको २१, माओवादीका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समान १ जना सांसद छन्।

समाजवादीतर्फ ८ जना सांसद संख्या पुगे अरु दलसँग गठबन्धन गरेर एमाले सरकार ढल्ने देखिन्छ।

Author:



क्याटोगरी छान्‍नुहोस