प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर, अर्थमा साह र कृषिमा यादव

राजविराज, १३ भदौ । प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भूमि व्यवस्था, कृषि तथा सहकारी र अर्थ मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हो ।

यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलैन्द्रप्रसाद साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्थ मन्त्रालयको जिम्मेवारीमा रहेका विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको मन्त्री साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस