कांग्रेस महाधिवेशन: प्रदेश २ मा निधिलाई अप्ठेरो, प्रदेश सभापतिका आकांक्षी नै धेरै

जनकपुरधाम, १३ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको समय नजिकिँदै जाँदा प्रदेशमा कांग्रेसको सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन घोषणा भएपछि वडादेखि केन्द्रीय नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।

कांग्रेसमा सर्वसम्मतिबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ । तर सबैभन्दा बढी ध्यान अहिले प्रदेश सभापतिमा केन्द्रीत देखिन्छ । पहिलोपटक कांग्रेसमा प्रदेश सभापति र समितिको निर्वाचन हुनलागेको छ । कांग्रेसमा हालसम्म प्रदेशस्तरीय समिति बनेको छैन । तर विधानमा प्रदेश समितिको व्यवस्था रहेको छ ।

देशमा अन्य निकायहरुमा संघीयताको अभ्यास हुने क्रममा प्रादेशिक संरचना निर्माण भए पनि सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसमा त्यो संरचना बनिसकेको छैन । कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रोपटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश २ मा सभापतिका उम्मेदवारको संख्या बढी देखिएको छ ।

प्रदेश सभापतिमा कांग्रेस प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादव उम्मेदवारी दिने तयारीमा छन् ।

प्रदेश सभापतिका लागि दोस्रो पुस्ताका नेताहरु उम्मेदवारीको तयारीमा रहे पनि जिल्लामा भने युवा नेताहरु सभापतिका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ । धनुषामा आधा दर्जन युवा नेताहरु सभापतिको दौडमा छन् । युवा नेता राजकिशोर सिंह, सन्तोष यादवलगायतले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

जिल्ला अधिवेशनमा पनि प्रदेश सभापतिका उम्मेदवारहरु खुल्ने स्थिति नरहेको काँग्रेसका युवा नेता सुनिल यादवले बताए ।

प्रदेश सभापतिका उम्मेदवार धेरै भएकाले केन्द्रीय सभापतिका उम्मेदवारलाई थप चुनौती बढेको छ । खासगरी केन्द्रीय सभापतिका उम्मेदवार तथा उपसभापित विमलेन्द्र निधिका लागि गलपासो हुने भएको छ । प्रदेश सभापतिका आकांक्षीहरु निधिनिकटका नेताहरु रहेकोले उनलाई खुल्न समस्या देखिएको छ ।

राष्ट्रिय महाधिवेशनअगावै प्रदेश अधिवेशन हुने भएकाले सभापतिको उम्मेदवार चयन गर्न नेता निधिका लागि सकस हुने भएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने कृष्णा यादव, महेन्द्र कुमार राय, रामसरोज यादव र दिनेश यादवले सभापतिमा निधिलाई समर्थन गर्ने चर्चा छ ।

नेता निधिले सभापतिमा सर्वाधिक मत प्रदेश २ बाट नै प्राप्त गर्ने विश्वास लिएका छन् । कांग्रेस नेताहरुका अनुसार त्यो अस्वाभाविक पनि होइन । तर प्रदेश २ मा जिल्ला सभापति र प्रदेश सभापतिमा उनलाई खुलेर कसैको पक्षमा लाग्न सहज भने छैन । कुनै एउटा पक्षमा लाग्दा उनको विरोधी पक्ष बलियो हुने सम्भावना छ । प्रदेश सभापतिका लागि प्रत्यासीमध्ये कसैलाई उम्मेदवार हुनबाट रोक्नु पनि नेता निधिका लागि प्रत्युत्पादक हुनसक्छ । प्रदेश २ मा उनको बलियो पकडलाई खुस्काउन जिल्ला र प्रदेश अधिवेशनमा अन्य प्रतिद्वन्द्वीको भूमिका रहनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780