ज्ञानेन्द्र, ओली गए पनि कुर्सीको खेल जारी छ : भट्टराई

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सत्तामा जो कोही आए पनि कुर्सीको खेल जारी रहेको बताएका छन्।

भट्टराईले ज्ञानेन्द्र, ओली गए पनि कुर्सीको खेल जारी रहेन तर नागरिकका समस्या जहाँको त्यही रहेको बताएका हुन् । भट्टराईले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इङ्गित गर्दै यस्तो लेखेका हुन् ।

भट्टराइले आज ट्विट गरेका छन् , ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ! भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ! कमिसनखोरको खेलो जारी छ! छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ! छाउपडी जारी छ! छोइछिटो जारी छ! मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ! श्रमिकको चुलो खाली छ! अत: वैकल्पिक शक्तिको खोजी जारी छ!’

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780