महादेवामा करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज, १४ भदौ । सप्तरीको महादेवा गाउँपालिकामा गए राति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

वडा नम्वर १ पकरीका बेचन सदाकी ५३ वर्षीया पत्नी अमिरका देवी सदालार्ई ट्युबेलतर्फ जाने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएकी महिलालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस