युवा जनमत संघ सप्तरीआवद्ध युवाहरुद्वारा रक्तदान

राजविराज, १५ भदौ । जनमत पार्टीका भातृ संगठन युवा जनमत संघ सप्तरीआवद्ध युवाहरुले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शहिद राममनोहर यादवको पुण्यतिथिको स्मृतिमा राजविराजस्थित रेडक्रस सोसाइटी नेपालका कार्यालयमा ३५ जना युवाहरुलाई रक्तादान गरेका हुन् ।

यूवा जनमत संघ सप्तरीका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा शम्भु कुमार साह, गंगा प्रसाद साह, सुसिल कुमार मण्डल, दुर्गानन्द मधेशी, महेश्वर मण्डल, पपु कुमार पंजियार, ललित कुमार यादव, शम्भु प्रसाद पैकरा, सुरेश कुमार साह, प्रदीप कुमार चौधरीले रक्तदान गरेका छन् ।

यसैगरी सुमन कुमार यादव, बद्री प्रसाद मण्डल, रंजित कुमार सन्त, कुन्दन कुमार ठाकुर, ज्ञानदेव कुमार मण्डल, जितेन्द्र यादव, शत्रुधन महतो, नरेन्द्र ठाकुर, रामलखन कुमार यादव, घुरण कापैर, रामकुमार यादव, शुभाषचन्द्र मण्डल, बलराम यादव, संतोष कुमार साह, प्पु मण्डल, रमेश कुमार साह, जयराम यादव, सियाराम साह लगायतले रक्तादान गरेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780