रिलायबल नेपाल लाइफद्वारा वार्षिक उत्सवमा मन्दिर सरसफाई

राजविराज । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा राजविराजले विभिन्न कार्यक्रम गरी आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ । चियापान, टिसर्ट वितरण तथा मन्दिर सरसफाई कार्यक्रम गरी आफ्नो चौथो वार्षिक उत्सव मनाएको हो ।

टिसर्ट वितरण पश्चात छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिर परिसर सरसफाई गरिएको छ । कर्मचारी तथा सहभागीहरुले मन्दिर परिसरमा थुपारिएका फोहोर जन्य वस्तुहरु सरसरफाई गरी वार्षिक उत्सव मनाएका हुन् ।

सोही कार्यक्रममा शाखाका प्रबन्धक पबन साहका अनुसार कम्पनीले गत आर्थिक वर्षमा कुल १ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा ८२ वटा आउटलेटहरु सञ्चालनमा समेत ल्याएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस