२५ प्रतिशत जनसंख्यामा पुग्यो बिमाको पहुँच

काठमाडौं, १६ भदौ । कुल जनसंख्याको करिब २५ प्रतिशतमा बिमाको पहुँच पुगेको छ। आर्थिक वर्ष २०७७र७८ मा बिमाको पहुँच करिब दुई प्रतिशतले वृद्धि भएपछि एक चौथाई जनसंख्यामा पहुँच पुगेको हो।

अघिल्लो आर्थिक वर्षसम्म बिमाको पहुँच २२।६१ प्रतिशत जनसंख्यामा पुगेको थियो। बिमा समितिका अनुसार गत आवको असार मसान्तसम्म कुल जनसंख्याको २४।७६ प्रतिशतमा पहुँच पुगेको हो।

यो वैदेशिक रोजगारीमा जानेलाई गरिने म्यादी जीवन बिमाबाहेकको हो। बिमा जीवन बिमालाई जोड्ने हो भने बिमाको सेवा लिनेको संख्या कुल जनसंख्याको २७ प्रतिशत बढी पुग्ने समितिले जनाएको छ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य म्यादी जीवन गर्नुपर्ने नियम बनाएको छ। रोजगारीको क्रममा निधन हुने व्यक्तिका परिवारले सोही बिमा गरेबापत १४ लाख रूपैयाँसम्म रकम उपलब्ध गराउने गर्छन्।

त्यस्तै, वैदेशिक रोजगारीको क्रममा निधन हुनेका व्यक्तिलाई बिमा कम्पनीले बाहेक वैदेशिक रोजगार बोर्डले प्रतिव्यक्ति सात लाख रूपैयाँ उपलब्ध गराउने गर्छ। यस्तो सुविधा प्राप्त गर्न बोर्डको कल्याणकारी कोषमा एक हजार पाँच सय र दुई हजार पाँच सय रूपैयाँ (श्रम स्वीकृतिको अवधिको आधारमा) जम्मा गर्नुपर्छ। मृत्यबाहेक बोर्डले वैदेशिक रोजगारीको क्रममा घाइते, बिरामी वा अंगभंग हुनेलाई समेत सात लाख रूपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने गर्छन। नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780