सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु

राजविराज, १६ भदौ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रंजितपुरमा गए राति करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय पवन यादवको ९ वर्षीय छोरा अर्जुन कुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

खेल्ने क्रममा आफ्नै गोठमा करेन्ट लागेर घाईते भएका अर्जुनलाई उपचारको लागि कल्याणपुरतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस