बीपी साहको अध्यक्षतामा प्रेस जनमत संघको समिति गठन

राजविराज । प्रेस जनमत संघका ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको छ । बीपी साहको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो ।

पूर्ण प्रेस स्वतन्त्रता, व्यावसायिक एवं समावेशी पत्रकारिता र मिडिया साक्षरताप्रति समर्पित देश र तराई–मधेशका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा ‘प्रेस जनमत संघ’ स्थापना गरिएको गरिएको जनाएको छ । समितिको सदस्यहरुमा रामसुकुल मण्डल, विनोद पासवान, आशा गुप्ता, राजेन्द्र राम, सतेन्द्र प्रताप सिंह, मनोज मोरबैता, कमल मण्डल छन् ।

यसैगरी, पुजा जयसवाल, श्याम कुमार, ठाकुर, आरएन राउत, इस्तियाक अहमद, रेणुका चौधरी, फुलगेन मगही, राकेश धानुक, मेवालाल यादव, कौशल कुमार साह, पुस्कल यादव, गोविन्द ठाकुर, हरिचन्द्र साह, रजत कायस्त, शम्भू पंडित, सुशील राउत, प्रविण पंडित, शिव यादव, विजय दास समितिका सदस्य छन् ।

यसैगरी विष्णु राउत, मोहम्मद मजिबुल हक, ललन राउत बरई, राजभुषण श्रीवास्तव, सोनु दत्त, दिपक कुमार कलवार, विमलेश कुमार झा, माहीनारायण राउत, सागर विर कडारी, विनिता चौधरी, अनिल इसर लगायत सदस्य चयन भएका छन् । सो समितिलाई आगामी ६ महिनाभित्रै पूर्णता दिइने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस