यी हुन्, कालो सूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ता (सूचीसहित)

काठमाडौं, २३ भदौ । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको छ ।

इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको सिफारिसमा उक्त निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले उल्लेख गरेको छ । बाँकी आठ वटा फर्म एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

जनकपुरधामस्थित लर्ड शिवा जनरल सप्लायर्स, नुवाकोटको जिके/रेहान एण्ड सुन्दरा जेभी, काठमाडौंको नेपाल आर्किटेड एन्ड बिल्डर्स प्रालि, झापाको फ्रेन्डस अर्विट कन्स्ट्रक्सन, नुवाकोटको जलदेवी निर्माण सेवा, सोलुखुम्बुको भंगेरी निर्माण सेवा, दैलखको न्यू बेलासपुर कन्स्ट्रक्सन र ललितपुरको साथीभाई निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780