राजविराजका बाटोघाटोको अवस्थाप्रति प्रजिअ गौत्तमद्वारा चिन्ता व्यक्त

सप्तरी । प्रमुख जिल्ला अधिकारी जनार्दन गौत्तमले ऐतिहासिक शहर राजविराजमा रहेको बाटोघाटो र सडकको अवस्था चिन्ता व्यक्त गरेका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने–‘यहाँको बाटोघाटो र मुख्य सडकको अवस्था हेरेर चित्त दुखेको छ ।’

राजविराज ऐतिहासिक शहर रहे पनि विकासीय अवस्था दुखद् रहेको बताए । ‘राजविराजसहित जिल्लामा हुने सडककासाथै अन्य विकास निर्माण कार्यलाई गुणस्तरीय र गतिमा कार्य गराउन हामी प्रतिवद्ध छौं’ उनले भने–‘सो कार्यकालागि यहाँका स्थानीय तहका प्रमुखहरुसँग समन्वय गरेर अघि बढ्छौं र यहाँहरुको सहयोग र साथ पनि चाहिन्छ ।’

समयमै विकास निर्माण कार्य सम्पन्न गराई सर्वसाधारणलाई सहज पार्ने कार्यमा हामीले सबैले जुट्नुुपर्ने प्रजिअ गौत्तमको कथन छ । साथै जिल्लामा सुशासन कायम गराउन र जिल्लाभरिका सम्पूर्ण संस्था तथा कार्यालयलाई कानुनअनुसार सूचना दिनुपर्ने व्यवस्था मिलाउने उनले निर्देशन समेत दिए ।

सोही कार्यक्रममा निजामति कर्मचारीहरुको आधिकारी ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले नव आगन्तुक प्रजिअ गौत्तमलाई शुभकामना दिए । कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका एसपी नरेश बहादुर साह, खाँडो नदी व्यवस्थापन आयोजना राजविराजका कर्मचारी मो.लुरुल हक लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस