कांग्रेसमा समावेशी कोटा सुनिश्चित गर्न मुस्लिम संघको माग

न्यूज कारखाना
उदयपुर, २४ भदौ । नेपाल मुस्लिम संघ उदयपुरले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा समावेशी कोटा सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष नजबुल खान (निलम) नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै जिल्लास्थित कांग्रेसको पार्टी कार्यालयमै सभापति विदुर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मुस्लिम संघले वडामा मात्रै नभएर अब बाँकी तहमा पनि समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको अध्यक्ष निलमले बताइन् । संघका पदाधिकारी पार्टीको महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै केहीबेर धर्नासमेत बसेका थिए ।

निर्वाचन निर्देशिकामा भएको त्रुटि सच्याउन माग गर्दै धर्नामा बसेको निलमले बताइन् । २७ भदौभित्र आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलनमा जाने संघले अल्टिमेटम दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस