शहिदकै रगतबाट सरकार बनेको कुरा हामीले विर्सेका छैन्ः मन्त्री साह

राजविराज । प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले शहिदहरुको सहादतका कारणले नै मुलुकमा ठुलो राजनितिक परिवर्तन भएको बताएका छन् । शहिद रामृकष्ण राउतको छैठो स्मृति दिवश एवम् छात्रवृति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘शहिदहरुको सहादत बेकार गएको भन्दै यताकत्ता टिकाटिप्पणी भइरहेको सुनिन्छ, त्यो सरासर गलत हो’ उनले भने–‘शहिदहरुको सहादतले मुलुकमा ठुलो राजनितिक परिवर्तन भएको छ र शहिदकै रगतबाट सरकार बनेको कुरा हामीले विर्सेका छैन्, त्यो सबैले बुझ्नु जरुरी छ ।’

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना नै शहिदहरुकै योग्दानले भएको मन्त्री साहले बताए । ‘यद्यपी, जुन उद्देश्यले उहाँहरुले सहादत प्राप्त गर्नुभयो, त्यो अझैं पूरा हुन बाँकी छ’ उनले भने–‘त्यो पूरा गराउन अझैं हामी आन्दोलनमै छौं र पूरा नभएसम्म निरन्तर आन्दोलन हुन्छ ।’

मन्त्री साहले मुलुकमा अहिले संघीयता कार्यान्वयकै क्रममा रहेकाले जनताले आन्दोलनको अनुभुति गर्न नसकेको बताए । ‘अझैं संघीयता पूर्ण रुपमा कार्यान्वय भएको छैन्, अहिले प्रशासनिक संघीयता मात्रै छ’ उनले भने–‘संघीयता पूर्ण कार्यान्वयकालागि अझैं संघर्ष हुँदैछ।’

एकल र साँझा अधिकारमाथि अहिले संघ सरकारको हस्तक्षेप कायमै रहेको कुरा जनताले पनि वुझ्नु जरुरी रहेको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री साहको कथन छ । ‘त्यसैले अहिले वित्तिय संघीयतातर्फ पार्टी अघि बढेको छ र जबसम्म वित्तिय संघीयता आउँदैन, तबसम्म संघीयता पनि संस्थागत हुँदैन’, मन्त्री साहले भने ।

शहिद रामकृष्ण राउत मेमोरियल ट्रष्टद्वारा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता ट्रष्टका अध्यक्ष एवम् राजकुमार राउतले गरेका थिए ।

सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य एवम् भूमी आयोग प्रदेश २ का सदस्य जगदेव यादव, संघीय परिषद् सदस्य श्याम देव यादव, जसपा तराई मधेस प्रदेश समिति प्रदेश २ का मुख्य सचिव शम्भु झा, जसपाका सप्तरी अध्यक्ष केदार यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अबधेश झा, जसपा नेता बिकास कुमार तिवारी, जसपाका हनुमाननगर कंकालिनी नगरपालिकाका अध्यक्ष बिरेन्द्र माझी लगायतकाले बोलेका थिए । कार्यक्रममा स्वागत भने ट्रष्टका उपाध्यक्ष धर्मपाल राउतले गरेका थिए ।

कार्यक्रममा मन्त्री साहले शहिद रामकृष्ण राउतको स्मृतिमा बिपि स्मारक पब्लिक माध्यमिक विद्यालयबाट एसइई २०७७ को परीक्षामा उत्कृष्ट २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् । उत्कृष्ट विद्यार्थी निर्मला कुमारी मण्डल र प्रेम प्रसाद सुतिहारलाई प्रशंसा पत्र तथा जनही नगद २५ सय प्रदान गरिएको आयोजकले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस