सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाले ज्यान गुमाए

राजविराज, २५ भदौ । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । राजविराज र शम्भुनाथ नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकामा दुर्घटना भएको हो ।

हिजो (विहिवार) साँझ राजविराज–५ मिलन चोकस्थितमा ट्याक्टरले मोटरसाइकल दिँदा दुर्घटना भएको छ । विष्णुपुर गाउँपालिकातर्फ जादै गरेको को ७ प ४४१० नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको स १ त २८७८ नम्वरको ट्याक्टरले ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा पछाडी सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ लेल्है खंग घाईते भएका थिए । उपचारको लागि उनलाई अस्पताल भर्ना गरिएकोमा सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले बताए ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा हिजै करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानिय बिनोद ठाकुरको ११ वर्षिय छोरा चन्दन ठाकुरकोे करेन्ट लागेर मृत्यु भएको प्रहरीले जाएको छ । आफ्नै घरमा डिस होमको रिसिभर सफा गर्ने क्रममा बालकलाई करेन्ट लागेको थियो ।

उता, शम्भुनाथ नगरपालिका–३ कचन्दाहामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानिय जुगेश्वर मण्डलको २५ वर्षिय छोरा कृष्णा मण्डलको डुबेर मृत्यु भएको हो । युवक सार्वजनिक पोखरीमा डुवेर मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस