उच्च अदालतका न्यायाधिससहित दुई जनामा कोरोना, अन्यमा पनि देखियो रुघाखोकी र ज्वरो

राजविराज, २५ भदौ । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस र शाखा अधिकृत गरी दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अदालतले सूचना जारी गरी अन्य केही न्यायाधिस र कर्मचारीमा रुघाखोकी तथा ज्वरो देखिएको जनाएको छ ।

कोरोनाको संक्रमण नियन्त्रण गर्न अदालतबाट हुँदै आएको कार्यहरु संकुचन गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘प्रारम्भिक लक्षण रुघाखोकी तथा ज्वरोसमेत देखिएकोले प्रारम्भिक रुपमा नियन्त्रण व्यवस्थापन गर्न आवश्यक देखिएकोले मिति २०७८/०५/२४ गतेको पूर्ण बैठकको निर्णयअनुसार मिति २०७८/०५/२५ गतेदेखि २०७८/०६/०१ गतेसम्मकालागि यस अदालतबाट सम्पादित हुने दैनिक कार्यहरु संकुचन हुने हुँदा सो अवधिका लागि निम्न अनुसारको सेवा प्रवाह कार्यमा संकचन गरी अन्य सेवाहरु संचालन हुने व्यहोरा जानकारीकोलागि अनुरोध छ ।’

(क) बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता निवेदनहरु तथा मिलापत्रको दर्ता तथा सुनुवाइ कार्य, प्रतिदिन बढीमा १० वटासम्म रिट निवेदनहरु दर्ता तथा प्रारम्भिक सुनुवाइ कार्य, प्रतिदिन १० वटासम्म थुनुवा सम्बन्धी वेरितका निवेदनहरु दर्ता तथा सुनुवाइ कार्य, कोभिडसँग सम्बन्धित निवेदनहरु दर्ता तथा सुनुवाइको कार्य बाहेक अन्य प्रकारका दर्ता तथा सुनुवाइहरु मिति २०७८/०६/०१ गतेसम्मकालागि स्थगित हुने ।

(ख) प्रतिदिन बढीमा १० वटासम्म पुनरावेदन दर्ता हुने ।

(ग) अदालत प्रवेश गर्ने सेवाग्राहीहरुको प्रवेश र सेवा प्रवाहमा स्वास्थ्य सुरक्षा मापदण्डलाई थप प्रभावकारी बनाई सेवा प्रदान गर्ने ।

Author:



क्याटोगरी छान्‍नुहोस