मानव बेचबिखनको आरोपमा सप्तरीकी चौधरीसहित दुई महिला पक्राउ

लहान, २६ भदौ । सिरहाबाट मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा सप्तरीकी एक जनासहित दुई महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढिमाई नगरपालिका–१ बाखैरकी ३५ वर्षीया उषा देवी मलाह छन् ।

उनीहरुलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा नगरपालिका–३ चोहर्वाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरुले १६ र १९ वर्षीया दुई जना युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा पक्राउ गरिएको हो ।

ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको र लहान आइसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै लग्ने क्रममा दुवै जनालाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।

दुवै जनामाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ भने सो कार्यमा संलग्न अन्य अभियुक्तहरु खोजी भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस