२४ घण्टामा ९९४ जना कोरोना संक्रमित थपिए, १ हजार ३६८ जना निको भए

जनकपुरधाम, २६ भदौ । देशभर पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ ।

सोही अवधिमा थप १ हजार ३६८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ९३६ जनाले ज्यान गुमाइसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस