प्रहरीमा ४१ नामको निकाल्न गृहमन्त्रीले सहयोग भन्दै स्टाटस् लेख्ने पक्राउ

जनकपुरधाम, २६ भदौ । नेपाल प्रहरीको जवानमा नाम निकाल्न सहयोग गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिने एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्युठानको ऐरावति गाउँपालिका–१ का नरेन्द्र गुरुङ छन् ।

गुरुङ नेपाली काँग्रेसको सिफारिसमा प्युठानका ११ जनासहित देशभरबाट ४१ जनाको नाम निकाल्नमा सहयोग गरेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । आफ्नो पहलमा नेपाली काँग्रेस प्युठान उपसभापति बद्री लम्सालसहित अन्य तीन जनाको सिफारिसमा ४१ जनाले प्रहरी जवानमा नाम निकाल्न सफल भएको स्टाटसमा उल्लेख छ ।

सबैको नाम निस्केको भन्दै उनले गृहमन्त्री बालकृष्ण खाडलाई धन्यवाद दिएका छन् । गुरुङको स्टाटस्पछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

उनको फेसबुक स्टाटसः

मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरुले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन् । भाइहरुलाई हार्दिक बधाइ छ । नेपाली काँग्रेस प्युठान उपसभापति बद्री लम्साल ज्यूको सिफारिसमा ११ जना हिमाल, श्याम, राजन लगायत अन्य साथीहरुको सिफारिसमा गरि देश भरमा ४१ जनाको नाम निकाल्न सफल भएको छु । सहयोगका लागि माननीय गृहमन्त्री बालकृष्ण खाड ज्यूलाई धन्यवाद !

Author:



क्याटोगरी छान्‍नुहोस