शिक्षक र विद्यालय कर्मचारीहरु आन्दोलित

राजविराज, १६ असोज । आन्दोलनरत सप्तरीका बाल शिक्षक र कर्मचारीहरुले आइतवारदेखि राजविराज नगरपालिकाको कार्यालय अगाडी अनिश्चितकालिन धर्ना बस्ने भएको छ । आन्दोलन संघर्ष समिति राजविराजले शनिवार पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै सोबारे जानकारी गराएको हो ।

तीन बुँदे माग राखेर समितिले यसअघि पहिलो चरणको आन्दोलन अन्तर्गत गत असोज ८ गतेदेखि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो । माग सम्वोधन नभएपछि दोश्रो चरणको आन्दोलत अन्तर्गत आइतवार विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नगरपालिकाको कार्यालय अगाडी मुल गेटमा धर्ना बस्ने कार्यक्रम रहेको समितिका संयोेजक सुमित्रा दासले जानकारी दिइन् । ‘यद्यपी, हाम्रो धर्ना कार्यक्रमले पठनपाठन चैं प्रभावित हुदैन्, पठनपाठन पनि होस् र हाम्रो धर्ना कार्यक्रम पनि जारी रहोस् भन्नकालागि हामी सिफ्टवाइज धर्नामा बस्छौं’ उनले भनिन्–‘बालबालिकाको भविष्य सुनिश्चितता नै हाम्रो उद्देश्य हो तर हाम्रो समस्या स्थानीय सरकारले नबुझ्दा चित्त दुखेको छ ।’

‘यद्यपी, हाम्रो धर्ना कार्यक्रमले पठनपाठन चैं प्रभावित हुदैन्, पठनपाठन पनि होस् र हाम्रो धर्ना कार्यक्रम पनि जारी रहोस् भन्नकालागि हामी सिफ्टवाइज धर्नामा बस्छौं’ उनले भनिन्–‘बालबालिकाको भविष्य सुनिश्चितता नै हाम्रो उद्देश्य हो तर हाम्रो समस्या स्थानीय सरकारले नबुझ्दा चित्त दुखेको छ ।’

उनका अनुसार नेपाल सरकारद्वारा आर्थिक वर्ष ०७८/०७९ को बजेटअनुसार सामूदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराउनुपर्ने, सामूदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राविधिक ग्रेड उपलब्ध गराउने माग रहेको छ ।

यसैगरी सामूदायिक विद्यालयमा कार्यरत भइ अनिवार्य अवकाश तहत सेवा निवृत भएका शिक्षकहरुको छुट प्राविधिक ग्रेड समेत उपलब्ध गराउनुपर्ने संघर्ष समितिले माग अघि सारेको छ ।

जिल्लाका हनुमाननगर कंकालिनी, सुरुङ्ग र बोदे बरसाइन नगरपालिका तथा रुपनी, राजगढ, विष्णुपुर, तिलाठी कोइलाडी र महादेवा गाउँपालिकाले शिक्षकको समस्या समाधानतर्फ अघि बढिसक्दा समेत बाँकी स्थानीय तहले नगर्दा विरोध गर्नुपर्ने बाध्यता आइलागेको समितिको कथन छ । राजविराज नगरपालिकामा ७८ बालक शिक्षक र ४२ जना विद्यालय शिक्षक छन् ।

पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्र कुमार मण्डल, विद्यालय कर्मचारी परिषद् सप्तरीका अध्यक्ष भगवती प्रसाद चौधरी, नेपाल शिक्षक संघ संघीय समितिका महासचिव परशुराम यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीका उपाध्यक्ष वैजनाथ यादव, नेपाल शिक्षक संघ राजविराज नगरपालिकाकी अध्यक्ष विभा झा, नेपाल शिक्षक संघका सचिव विश्वनाथ भदेशवार यादव, राष्ट्रिय शिक्षक मञ्च सप्तरीको प्रतिनिधि चुनचुन यादव लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस