सर्पले डस्दा महोत्तरीमा बालकको मृत्यु

जनकपुरधाम । महोत्तरी गाउँपालिका–२ अनैठामा सर्पले डसेर गएराति एक बालकको मृत्यु भएको छ। स्थानीय मदन रामका १३ वर्षीय छोरा आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उनका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको थियो। उनलाई धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो। केन्द्रमा उपचार गरी घर फर्किंदै गरेका अवस्थामा बालकको स्वास्थ्य स्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो। उपचारको क्रममा अस्पतालमै बालकको मृत्यु भएको प्रहरीले बताएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780