मैथिली स्रष्टा सम्मान-२०७८ वरिष्ठ पत्रकार यादवलाई

जनकपुरधाम । मैथिली स्रष्टा सम्मान-२०७८ लेखक/साहित्यकार एवंम् वरिष्ठ पत्रकार दिनेश यादवलाई प्रदान गरिएकाे छ। मिथिला संस्कृति समाज नेपालले यस वर्षकाे मैथिली स्रष्टा सम्मान-२०७८ मैथिली स्रष्टा वरिष्ठ पत्रकार यादवलाई प्रदान गरेकाे हाे।

वरिष्ठ पत्रकार यादवलाई पूर्वउप–राष्ट्रपति परमान्नद झाले सम्मानपत्र प्रदान गरेका थिए। समाजका अध्यक्ष विरेन्द्र ठाकुरका अनुसार यादवलाई साहित्य, अनुसन्धान, लेख/रचना एवंम पत्रकारिताको माध्यमबाट मैथिली भाषा, संस्कृति र साहित्यमा विशेष योगदान पुर्‍याएवापत सम्मान गरिएको हो।

यादव लामो समयदेखि मैथिली भाषा, संस्कृति, साहित्य लेखन तथा पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनले नेपाली, मैथिली, हिन्दी, मगही, ठेठी, अंग्रेजी भाषामा दर्जनौँ कृति प्रकाशित गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस