सप्तरीमा स्कारपिओले ठक्कर दिँदा घाइते भएका बालकको मृत्यु

राजविराज, २३ असोज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ मा स्कारपिओको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । स्थानीय तुलसी चौधरीको १० वर्षीय छोरा सुशिल चौधरीको मृत्यु भएको हो ।

गत सोमवार पश्चिमतर्फ गइरहेको ना २ च ३७५४ नम्वरको स्कारपिओले बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बालकको अवस्थामा सुधार नआउने भन्दै चिकित्सकले जवाफ दिएपछि घर ल्याउने क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

स्कारपिओ प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस