रौतहटसहित चार जिल्लाका सिडिओको सरूवा (सूचीसहित)

जनकपुर, २३ असोज । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरूवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा भएको हो ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटमा कार्यरत इन्द्रदेव यादवलाई सुनसरी तथा सुनसरीमा कार्यरत उमेश कुमार ढकाललाई जिल्ला प्रशासन कार्यालय पर्सा सुरु गरेको छ भने झापाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई रौतहट पठाइएको छ ।

गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्य बहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारी बनाएर सरूवा गरेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस