‘तू ताक हमरो दिस’ मैथिली म्यूजिक भिडिओ सार्वजनिक

राजविराज । मेलोडी म्यूजिक रेक्डिङ्ग स्टुडिओ राजविराजद्वारा अडिओ/भिडिओ गरिएको ‘तू ताक हमरो दिस’ मैथिली म्यूजिक भिडिओ सार्वजनिक भएको छ । अशिष कर्णको स्वरमा सजिएको सो म्यूजिक भिडिओ ‘रोयल सरगम’ नामक यूटुब च्यानलबाट सार्वजनिक भएको हो ।

दिपेन्द्र कुमारले म्यूजिक दिएको सो म्यूजिक भिडिओमा राजेश राजपुत र लक्ष्मी खत्रीले अभिनय गरेका छन् । देवराज तिमिसिनाको निर्देशकमा तयार पारिएको सो म्यूजिक भिडिओको रक्डिङ्ग भुषण कुमारले गरेका हुन् ।

म्यूजिक भिडिओको क्यामेरामा अजय आदित्य र प्रोडुसरमा जंगबहादुर शाह रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस