बसको ठक्करबाट सप्तरीकी एक महिलाको मृत्यु, पति र छोरा घाइते

राजविराज, २३ असोज । सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चौकमा बसको ठक्करबाट मोटरसाइकलमा एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शनिवार बेलुका दुर्घटना भएको हो ।

पूर्वतर्फ आउँदै गरेको प्र २–०१–००१ प ०३३४ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा पछाडी सवारी सोही नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी खातुनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । सोही मोटरसाइकलमा सवार मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र छोरा ५ वर्षीय मो.समद घाइते भएका छन् ।

घाइते दुवै जनाको उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ भने बस र चालक दोलखाको कालिन्चोक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस