एक दिनमै एक करोडभन्दा बढीको खसीबोका विक्री

काठमाडौं, २४ असोज । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । दशैंका लागि २ हजार खसीबोका विक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित आफ्नो कार्यालयबाट शनिवारदेखि सुपथ मूल्यमा खसीबोकाको विक्री शुरू गरेको हो ।

कम्पनीले शनिवार पहिलो दिनमै १ करोड ६४ हजार रुपैयाँ बराबरका ६ सय २५ ओटा खसीबोका विक्री गरेको हो । यस वर्ष जिउँदो खसीबोकाको बजार मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ तोकिएको छ । कम्पनीले उक्त मूल्यमा १० रुपैयाँ छूट दिएर प्रतिकिलो ६ सय ४० रुपैयाँमा विक्री गरिरहेको छ ।

कम्पनीले पहिलो चरणमा शुक्रवारसम्म ७ सय ३० र शनिवार थप ३ सय २९ ओटा खसीबोका भित्र्याएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले आर्थिक अभियान दैनिकलाई बताइन् ।आर्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस